सप्तरीमा बिभिन्न  पार्टीले मनाईयो  बलिदानी दिवस, सहिदको स्मृतिमा दीप प्रज्वलन

२०८० माघ ५, शुक्रबार १३:३८

चंदन रजक सप्तरी – दशन चौकमा दीप प्रज्वलन गरि बलिदानी दिवस मनाएको छ । उक्त कार्यक्रममा जसपा पार्टीबाट राजबिराज नगरपालिका निर्वाचित नगर उपप्रमुख इसरत परविनसहितका जसपाका केन्द्र प्रदेश र जिल्लास्तरीय नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

मधेश बिद्रोहको प्रथम सहिद रमेश महतो लगायत मधेश आन्दोलनमा सहादत प्राप्त गरेको वीर सपुतहरुको स्मृतिमा राजविराजमा शुक्रबार बलिदानी दिवस मनाईएको छ । जनता समजवादी पार्टी  र लोसपाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरि बलिदानी दिवस मनाएको हो ।

राजविराजस्थित सहिद दशन चौकमा मैनबत्ति बालेर बलिदानी दिवस मनाईएको छ । जनता समाजवादी सप्तरीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका स्वतन्त्र विद्यार्थी युनियन सभापति रन्जित यादव,विधार्थी युनियनका केन्द्रिय सदस्य श्याम कुमार यादव जिल्ला कार्यकारिणी समिति सदस्य लक्ष्मण यादव,केन्द्रिय सदस्यहरु सतेन्द्र यादव, जिल्ला उपाध्यक्ष केदार यादव,लगायतको उपस्थित रहेको थियोे ।

राजविराजस्थित दशन चौकमा दीप प्रज्वलन गरि बलिदानी दिवस मनाएको छ । उक्त कार्यक्रममा जसपाका केन्द्र प्रदेश र जिल्लास्तरीय नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
सिरहाको लाहानमा मधेश आन्दोलनका क्रममा प्रहरीको गोलि लागेर विधार्थी रमेश मेहताको मृत्यु भएको थियो । मधेश आन्दोलनका प्रथम सहिद महतोको स्मृतिमा माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?