जनकपुरधाम, माघ ६ गते । जनकपुरधामबाट अयोध्या जान लागेको रेल सेवा रद्द भएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन र प्राण प्रतिष्ठा कार्यक्रम को अवसरमा जनकपुरघामबाट श्रद्धालु भक्तजनहरु लिएर जाने भनिएको रेल रद्द भएको छ ।
भारतको अयोध्याको सुरक्षा सँयन्त्रले रेलबाट श्रद्धालु ल्याउन अनुमति नदिएपछि जनकपुरबाट भोली विहान ६ बजे अयोध्याको लागि प्रस्थान हुने भनिएको रेल सेवा रद्द भएको जनाईएको छ ।
टिकट समेत कटिसकेको अवस्थामा अयोध्याबाट सुरक्षाको कारण देखाउदै आउनलाइ अनुमति नदिएपछि रेल रद्द भएको छ । रेल सेवा स्थगित भएपछि श्रद्धालु भक्तजनहरु निरुत्साहित भएका छन ।
रेल सेवा रद्द भएको विषयमा नेपाल रेलका प्रमुख प्रशासन सहायक रन्जित कुमार ठाकुरले एक भिडियो जारी गर्दै जानकारी गराएका हुन ।






