प्रधानमन्त्री कपमा मधेशले कर्णालीलाई ६१ रनले पराजित 

२०८० माघ ६, शनिबार २३:३४

जनकपुरधाम, माघ ७ गते । मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले पराजित गरि शानदार जित निकालेका छन ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनाएको थियो। मधेशका कप्तान हरिशंकर शाहले ६१ बलमा ६ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेले । युवा ब्याटर मयन यादव ८८ बलमा ५ चौकासहित ५० रनमा आउट भए । अनिलकुमार साहले ४४ बलमा ४ चौका र २ छक्कासहित ४४ रनको योगदान दिए ।

मधेशका राजेश यादवले ६ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । प्रदीप पासवानले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । रुपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले १-१ विकेट लिए ।

ओपनर अनिल र हरिशंकरले मधेशलाई पहिलो विकेटका लागि १३.५ ओभरमा ८५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पवन सरार्फ ११, निरज यादव शून्य, राहुल मण्डल १० र रुपेश सिंह ३ रनमा आउट भएपछि मधेश ८५–० बाट १६३–६ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि मयन यादव र अभिषेक तिवारीले ४१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

तीव्र गतिका बलिङ अलराउन्डर अभिषेक तिवारीले ३७ बलमा ४ चौका र १ छक्कासहित ३४ र बनाउँदै आउट भए । राजेश यादव र प्रदीप पासवानले ११-११ रन जोडे ।

२३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले ।

त्यस्तै वलिङ् तर्फ कर्णालीका स्पिनर दीपेन्द्र रावतले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ४ विकेट लिए । अनुज चुनाराले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । युनिस सिंह, दिनेश अधिकारी र दिवान पुनले एक-एक विकेट लिए ।

यो जित संगै मधेश प्रदेश अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?