हेटौंडा, माघ ८ गते । मकवानपुरको उत्तरी क्षेत्रस्थित इलाका प्रहरी कार्यालय पालुङले ५० केजी गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
थाहा नगरपालिका-८ दामगडेस्थित भित्री सडक खण्डमा गल्छीबाट पालुङतर्फ आउँदै गरेको बा १५ च ३९२९ नं को बोलेरो चेक जाँच गर्दा बोलेरो गाडीमा दुई वटा बोरामा ५० केजी धुलो गाँजा प्रहरीले बरामद गरेको थियो ।
प्रहरीले बोलेरो चालक रसुवाकाे पार्वतीकुण्ड गाउँपालिका-५ घर भई हाल थाहा नगरपालिका-९ नारायणहिटी बस्ने २७ वर्षीय प्रभात घले र थाहा नगरपालिका-३ दमकी घर भई बज्रबाराही बस्ने ३२ वर्षीय रणबहादुर थिङलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पालुङको प्रहरी टोली गस्ती गर्ने क्रममा सोमबार बिहान दामगडे पुगेको थियो । सोमबार बिहान २ बजे गाँजा राखेर बोलेरो गाडी दामगडेबाट अगाडि बढ्ने क्रममा प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।






