सर्लाहीमा ग्यास सिलिन्डर विस्फोट हुँदा लाखौंको क्षति

२०८० माघ १२, शुक्रबार ११:३४

सर्लाही, माघ १२ गते  | सर्लाहीको बलरा नगरपालिका ४ बलरा गोठमा रहेको एक घरमा शुक्रबार (आज) बिहान सहारा ग्यासको सिलिन्डर विस्फोट हुँदा एकतलेको ६ कोठे पक्की घर पूर्ण रूपले क्षतिग्रस्त भएको छ |

स्थानीय अख्तर हुसेनको घरमा खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा क्षति भएको प्रहरीले जानकारी दिए | प्रहरीका अनुसार सिलिन्डरमा आगो लागेपछि घरका सबै परिवार घरभन्दा बाहिर भागेकाले मानवीय क्षति नभएको बताए |

ग्यास सिलिन्डर पड्किँदा घरसहित घरमा रहेका खाद्यान्न सामग्री, लत्ताकपडा र फर्निचरसमेत पुर्णरुपले क्षतिग्रस्त भएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?