सात हजार घुस सहित बन अधिकृत अख्तियारको नियन्त्रणमा

२०८० माघ १२, शुक्रबार १६:०६

बाँके, माघ १२ गते  । बाँके सब–डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे लाई अख्तियारको टोलीले घुस सहित नियन्त्रणमा लिएको छ ।

काठ चिरानको सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने क्रममा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

घुस सहित उनीसँग श्रोत नखुलेको ४५ हजार नौ सय ७५ रुपियाँ समेत गरी जम्मा ५२ हजार नौ सय ७५ रुपियाँ सहित पक्राउ गरिएको हो ।

उनलाई थप कारबाही प्रक्रिया अघि बढाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?