जनकपुरधाममा माछा, मासु र मदिरा बिक्री वितरणमा निषेध  

२०८० माघ १७, बुधबार ०३:५०

जनकपुरधाम, माघ १७ गते l जनकपुरधामको धार्मिक आस्थालाई कदर गर्दै मंगलवार देखि लागू हुने गरी जनकपुरधाम उपमहानगरपालिका परिक्रमा सडक भित्र अब माछा, मासु र मादिरा बिक्री वितरण गर्ने पाइने छैन l

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले एक सूचना जारी गर्दै पालिकाको परिक्रमा सडक भित्र पशुपन्छी बध तथा माछा, मासु र अण्डा तथा मदिरा खरिदबिक्री वितरणमा रोक लगाएको छ l

जनकपुरधाम परापूर्वकादेखि धार्मिक तिर्थस्थलको रूपमा रहेको र त्यसको स्वक्षता प्रति मध्यनजर गरी यो निर्णय लिए को मेयर मनोज साह बताए l मेयर साहका अनुसार यो निर्णय मेरो मात्र होइन पुरै जनकपुरवासीको निर्णय हो l

हरेक वर्ष जनकपुरधाममा विवाहपञ्चमी, अन्त्रागृह परिक्रमा मेला लाई लक्षित गरेर केही दिनको लागि मात्र परिक्रमा सडक भित्र माछा, मासु र मदिरा बिक्री वितरण गर्न निषेधित गरान्थियो l भने अब देखि पूर्णरुपमा र ससधैंको लागि खरिदबिक्रीमा निषेध गरिएको छ ।

मंगलवार अर्थात् १४ गते देखि लागू हुने गरी यो सूचना प्रकाशित भएको मेयर साहले बताए l सुचनाविपरित निषेधित क्षेत्रमा माछा, मासु र मदिरा खरिद विक्री गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने हुने सूचनामा उल्लेख गरिएको छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?