भ्रष्टाचारको विरोधमा आम जनता पार्टीको र्‍याली

२०८० माघ २०, शनिबार १०:३४

काठमाडौँ, माघ २० गते । आम जनता पार्टी उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौँमा मोटरसाइकल -याली प्रदर्शन गरिएको छ ।

शनिबार सो संंगठनले देशमा भ्रष्टाचार र सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशत लुटकारी व्यवस्था खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।

कुपण्डोलबाट मोटरसाइकल -याली त्रिपुरेश्वर हुँदै रत्नपार्क भद्रकालीमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सो पार्टीका नेताले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?