सर्लाही, माघ २२ गते । सर्लाहीको मलङ्गवामा गाडी दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन। मलङ्गवा नवलपुर सडकखण्ड अन्तर्गत मलङ्गावा नगरपालिका -१० गमहरियामा विआर ०६ पिडी ९६४८ नम्बरको स्कार्पियो उखु लोड ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनएको छ।
प्रहरीका अनुसार मालपोत कार्यालय सर्लाहीका हाकिम संजय मानान्धर सहित १० जना सवार गाडी दुर्घटना भएको हो । दुर्घटनामा घाईते सबैको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई प्रादेशिक अस्पताल मलङ्गवाबाट बिरगंज रेफर गरिएको छ । कारमा सवार अरु सबैको परिचय खुल्न बाकी रहेको छ ।
घटनाबारे बिस्तृत छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ।






