सर्लाहीक एक युवक नक्कली नोटसहित पक्राउ 

२०८० माघ २४, बुधबार ०८:३५

जनकपुरधाम , माघ २४ गते  । बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर नगरपालिका – ३ बस्ने ४४ वर्षीय राम चन्द्र महतो रहेका छन् ।

उनलाई मगंलवार साँझ प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ती किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महतोलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ परेका महतोलाई हिरासतमा राखेर थप अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?