धनुषामा एक व्यक्तिको शव फेला

२०८० माघ २५, बिहीबार १५:०५

जनकपुरधाम, माघ २५ गते । धनुषामा एक व्यक्ति मृत फेला परेका छ्न । धनुषाको शहिदनगर नगरपालिका ७ स्थित नहरमा मृत अवस्थामा फेला परेका छ्न ।

मृत्यु हुनेमा शहिदनगर नगरपालिका १ चिरैयाका ६० वर्षीय फुलगेन ठाकुर रहेका छन । बुधबार दिउँसो घरमा पारिवारिक विवाद भएपछि निस्केका उनी साँझ सात बजेतिर छोराले फोन गर्दा फोन लागेन । रातिदेखि नै खोजविन गरिएको थियो । आज बिहान बिहान शौच गर्न गएका मान्छेले शव देखेर गाउँमा खबर गरेका थिए ।

प्रहरीका अनुसार शरीरमा कुनै चोटपटक लगेको देखिदैन । मृत्युको प्रष्ट कारण खुल्लन सकेको छैन । ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?