आइडलको उत्कृष्ट दशमा पुग्न सफल मेनुकालाई राष्ट्रपतिले गरे सम्मान

२०८० माघ २९, सोमबार १३:२५

काठमाडौं, माघ २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले इंडियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।

राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन्। राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए। उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए।

उनेले केही दिन यता भारतीय गायन रियालिटी शो इन्डियन आइडलमा उत्कृष्ट १० मा प्रवेश गरेकी थिइन । झापाको हल्दिबारीमा जन्मिएकी २५ वर्षीया मेनुका इन्डियन आइडलको मञ्चमा निर्णायक र अतिथिहरूबाट एक पछि अर्को एपिसोडमा प्रशंसा बटुल्दै उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन ।

त्सपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले सामाजिक संजालमा आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जानकारी गराएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?