भाइलेन्टाइन डे मनाउन पुगेका जोडिलाई गराइदिए विवाह: बजरङ्ग दल

२०८० माघ २९, सोमबार १३:५४

कुमार पंकज,जनकपुरधाम, माघ २९ गते । सिरहामा एक प्रेमी जोडिलाई बजरङ्ग दलले विवाह गराइएका छ्न । भाइलेन्टाइन डे मनाउन पुगेका प्रेमी जोडिलाई आपत्ति जनक अवस्थामा भेटेपछि विवाह गराइदिएका छन ।

लहानको हट डेटिङ स्पोट मानिकदहको चौरमा दुबै जना  आपत्ति जनक अवस्थामा भेटेपछि बजरङ्ग दलका  कार्यकर्ताहरुले सार्वजनिक कुटपिट गरि मन्दिरमा विवाह गराएका छन ।

बिहिवार बजरँग दलले एक सुचना जारी गर्दै, मठ मन्दिर, धार्मिक स्थलहरुमा भालेन्टाइन डे मनाएको पाईएमा कडा कार्वाही गर्ने चेतावनी दिएका थिए ।प्रेमी जोडिहरुले पश्चिमी देशबाट सुरु भएको भ्यालेन्टाइन डे नेपालमा पनि संस्कृतिको रूपमा मनाउन थालेका छ्न । विशेषगरी युवाबीच लोकप्रिय भ्यालेन्टाइन डेमा विकृति पनि बढ्दै गइरहेको छ। त्यसले गर्दा धार्मिक आस्थामा ठेस पुग्ने बजरँग दलको दावी रहेको छ ।

तसर्थ भाइलेन्टाइन डेमा बजरँग दलले आफ्नो सयौं भक्तजनहरुलाई परिचालन गरि  उच्छृँगल गतिविधिले गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?