सर्लाही, फाल्गुन ६ गते । सर्लाहीमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। सर्लाही जिल्लाको बरहथवा नगरपालिका-९ स्थित सोल्टिमोडमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको हो।
नयाँरोड सडकखण्डमा आलु लोड गरि जाँदै गरेको ना.७५ प २५ नम्बरको ट्याक्टर सोल्टीमोड भन्दा ५० मिटरको दुरिमा पुलबाट खस्दा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक बारा जिल्लाको पचरौता निवासी ५० बर्षिय भुवन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।यथापी घटना भएको प्रष्ट कारण नदेखिएको र ट्याक्टर ओभर लोडका कारण दुर्घटना हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






