मधेश प्रदेश: मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत

२०८० फाल्गुन ६, आईतवार १३:५३

जनकपुरधाम, फागुन ६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

आईतबार बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा उपस्थित १०४ जना प्रदेश सभा सदस्यमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ मत र विपक्षमा ३५ जनाको मत आएका छन् ।

गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिनुभएको हो। यो मुख्यमन्त्री यादवको तेस्रो विश्वासको मत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?