काभ्रे, फागुन २६ गते । श्रीमानको हत्या गरेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् । नमोबुद्ध नगरपालिका-५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाईलाई लट्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ४० वर्षीया कमला परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
कमलाले मादक पदार्थ सेवन गरी लट्ठी प्रहार गर्दा धनवीरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।