माछा मार्ने क्रममा नदिमा डुबेर २८ वर्षीय युवकको निधन 

२०८१ जेष्ठ १७, बिहीबार १५:३९

नवलपुर,१७ जेठ । नवलपुरमा नारायणी नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट नगरपालिका– १४ बेलटाडीनिवासी २८ वर्षीय सुनीलराना मगरको निधन भएको हो ।

गएराति नारायणी नदीमा माछा मार्न गएका रानामगर गैँडाकोट– १६ दोभानघाटस्थित नारायणी नदीमा मृत फेला परेका छन्। उनी हिजो बिहान ९ बजे माछा मार्न भनी घरबाट निस्केको र राति अबेरसम्म नआएपछि खोजी गर्ने क्रममा नारायणी नदीमा मृत फेला परेका हुन् ।

उनी छारे रोगको बिरामी रहेको र नियमित औषधि सेवन गर्ने गरेकोसमेत खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?