सर्लाहीमा करेन्ट लागेर ६० वर्षीय पुरुषको निधन 

२०८१ जेष्ठ २०, आईतवार १६:४२

सर्लाही,२० जेठ । सर्लाहीको बरहथवामा चापाकलमा जडान गरेको मोटरमा करेन्ट लागेर एक पुरुषको निधन भएको छ । बागमती नगरपालिका-३ निवासी ६० वर्षका रत्न बहादुर डिमडिमको करेन्ट लागेर मृत्यु भएको हो ।

उनी बरहथवा नगरपालिका-३ पैचालिस बिघा स्थित डेरा लिएर बस्दै आएको थिए । घरमा मोटर जडान गरेको चापाकलमा नुहाउने क्रममा डिमडिमलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दिउँसो करेन्ट लागेर अचेत बनेका डिमडिमलाई नवजीवन अस्पताल बरहथवामा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?