मिथिलाञ्चलका महिलाहरुले मनाए बट सावित्री पर्व

२०८१ जेष्ठ २४, बिहीबार १०:३९

जनकपुरधाम,२४ जेठ । पतिको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै जकपुरधामसहित मिथिलाञ्चलका मैथिल महिलाहरूले बट सावित्री पर्व धुमधाम साथ मनाएका छन् ।

महिलाहरूले नयाँ पहिरनमा वर र पिपलको रुखमा सामूहिक रुपमा विधिपूर्वक पूजा गरि हर्सोउल्लस्को साथ बरसाईत (बट सावित्री पर्व) मनाएका हुन । प्रत्येक वर्ष जेठ महिनाको अमवशिया तिथिको दिन मनाउने वट सावित्रिको पूजामा मैथिली महिलाहरूले मनाउने चाड मध्ये वट सावित्री अर्थात बरसाईत पर्व मैथिली महिलाहरूका लागि महान् पर्वकै रुपमा मनाइने गर्छन् ।

उक्त अबसरमा पान, सुपारी, केरा, फलफूल, धुप लगायतको विभिन्न पूजन सामग्रीको साथ पूजापाठ गरेर व्रतालु महिलाहरूले आफ्नो श्रीमानको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै वर तथा पिपलको रुखलाई रातो, र पहेलो धागो बेरी पुजा गरिन्छ ।

पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रूख तल बसेर कठोर व्रत गरी आफ्नो  पतिको प्राण फर्काएको हुँदा महिलाहरूले पतिको दीर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थमा उल्लेख छ ।

सुरुसुरुमा ब्राह्मण, कायस्थ र देव जातिका महिलाले मात्र गर्ने गरेको बरसाइत पूजा अहिले अन्य जातिका महिलाले समेत पतिको दीर्घायुको कामनासहित गर्न थालेपछि यसको महत्वले बढिरहेको बर्तालु एक महिला आरती शर्माले जानकारी दिईन । जनकपुरधामसहित मिथिलान्चलमा हर्सोउल्लासकासाथ बट सावित्री पर्व मनाएको उनले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?