टी–२० विश्वकपमा भोलि नेपाल बंगलाादेशसंग खेल्दै

२०८१ असार २, आईतवार १७:१७

काठमाडौं,०२असार । वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको टी–२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले (भोलि)सोमबार बिहान बंगलादेशको सामना गर्दैछ ।

समूह बी मा रहेका यी दुई टोलीबीचको खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको अर्नोस भेल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार भोलि बिहान सवा ५ बजेबाट सुरु हुनेछ ।

नेपाल र बंगलादेश टी–२० मा दोस्रो पटक खेल्न लागेका हुन् ।यसअघि सन् २०१४ मा बंगलादेशमा नै आयोजना भएको टी–२० विश्वकपमा नै नेपाल र बंगलादेशबीच भएको खेलमा बंगलादेशले नेपाललाई ८ विकेटको फराकिलो अन्तरले हराएको थियो ।नेपालले टेस्ट मान्यता पाएको राष्ट्रविरुद्ध खेलेको त्यो नै पहिलो टी–२० आई खेल रहेको थियो ।

जारी टी–२० विश्वकपमा नेपाल गत शुक्रबार दक्षिण अफ्रिकासंग १ रनले हारेपछि प्रतियोगितताबाट बाहिरिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?