
जनकपुरधाम,२२ असार । जनकपुरधाममा दुई दिने योग पताञ्जली शिविर सुरु भएको छ । ‘योग गरी निरोग रहौ´ भन्ने मुल नाराका साथ पताञ्जली योग समिति धनुषाको सहकार्यमा र शैक्षिक अभियान नेपालले आयोजना गरेको निशुल्क योग शिविर आजबाट सुरु भएको हो । शिविर जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृति केन्द्रको सभाहलमा संचालन गरिएको छ ।
शारीरिक एवम मानसिक अभ्यास मार्फत शरीर, मस्तिक र हृदयको उचित समायोजन गराई व्यक्ति सम्पुर्ण रुपमा स्वस्थ्य रहन सहयोग पुर्याउने उद्देश्यले शिविर संचालन गरिएको शैक्षिक नेपाल अभियानका संयोजक शान्ति बुलुनले बताउनु भयो ।
यस्तै योग शिविरको प्रशिक्षक योग गुरु रामशेवक मण्डलले प्रशिक्षण दिनुभएको छ । उहाँले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु र योग चिकित्सा विधि महत्वपुर्ण रहेको बताउनुभयो । साथै योगबाट स्वस्थ्य रहने मात्र नभई मानवबाट महामानव बन्न सहयोग पुग्ने जानकारी दिनुभयो । स्वास्थ जीवनको सबैभन्दा सुन्दर उपहार हो,यसलाई हामीले योगको माध्यमबाट शारीरिक,मानसिक,व्यवहारिक,समाजीक रुपमा बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।
यस्तै शिविरको उद्घाटनमा सत्रमा बोल्दै मधेश प्रदेश प्रहरीका प्रहरी उपनिरीकक्षक नरायण रन्जिकारले,जति पनि हामी प्रहरी साथीहरू छौं, पहिला आफुलाई स्वास्थ राखे मात्र हामी देश,समाज र परिवारको लागी काम गर्न सक्छौं। त्यसको लागि हामी सबैले योग विज्ञानलाई अनुसरण गर्नुपर्ने बताउनुभयो ।
शिविरमा मधेश प्रदेश प्रहरी गणका १०५ जना प्रहरी जवानहरु, शैक्षिक अभियान नेपालका अरविन्द कुमार यादव,सरोज यादव,सामाजिक अगुवा,सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।