सर्लाही ,०१ श्रावण । संवाद फाउन्डेसन सर्लाहीको आयोजनामा हाजीरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। सर्लाहीको बरहथवा नगरपालिका ०१ मा रहेका श्री आधारभुत विद्यालयमा कार्यक्रम सम्पन्न भएको छ । उक्त विद्यालयको कक्षा ५ देखी ८ सम्मका अध्ययन गरीरहेको बालबालिकाहरु बीच प्रतियोगिता सम्पन्न भएको हो ।
संवाद फाउन्डेसन सर्लाहीका संयोजक पंकज महराको अध्यक्षता तथा बरहथवा नगरपालिका ०१ का वाड अध्यक्ष राकेश सहनीको प्रमुख अतिथि,पुर्व वडा अध्यक्ष रत्न बहादुर गिरी को विशिष्ट अतिथि ,विद्यालयका प्रधानध्यापक विश्वनाथ रायको अतिथि र समाजसेवी नागेन्द्र यादवको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरुलाई समान्य ज्ञानको अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संवाद फाउन्डेसन सर्लाहीको संयोजक पंकज महराले बताउनु भयो। साथै प्रतियोगितामा प्रथम,दृतिय र तृतीय स्थान हासिल गरेका विद्यार्थीलाई शुभकामना दिदै आगामी दिनहरुमा समेत यस किसिमको प्रतियोगिता र विभिन्न कार्यक्रमको आयोजना गर्ने बताउनु भयो ।
उक्त विद्यालयका विद्यार्थीहरुलाई ६ वटा समूहमा ३-३ जना विद्यार्थीलाई समूह बनाएर गरिएको प्रतियोगितामा आकाश सहनी, सर्मिला साह ,रबिकिशन रामको समुहले प्रथम भएको थियो । साथै उक्त प्रतियोगितामा पूजा महतो,अमित पटेल, दिपेश महतोको समूहले दृतिय र सरस्वती महतो,रमन सहनी, आरती महतोको समुहले तृतीय स्थान प्राप्त गरेको थियो । अभिभावकहरुको उपस्थितीमा उत्कृष्ट स्थान प्राप्त गर्ने बलबालिकहरुलाई सिल्ड,मेडेल र प्रमाणपत्र वितरण गरिएको थियो ।
उक्त हाजरी जवाफ प्रतियोगीता संचालन संवाद फाउन्डेसन मोरङका संयोजक सुनिल यादवले गरेको थिए। उक्त कार्यक्रममा संवाद फाउन्डेसन सर्लाहीका सदस्य सचिव जयप्रकाश यादवले शिक्षक शिक्षिका सहजिकरण गर्नमा सहयोग गरेको थिए।






