नाडा अटो शो ११ भदौदेखि शोमा ५५ ब्रान्डका सवारीसाधन राखिने

२०८१ श्रावण ३०, बुधबार २२:१७

२०८१ साउन ३० बुधबार , काठमान्डौ

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा ११ भदौदेखि नाडा अटो शो सञ्चालन गर्ने भएको छ । १६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिने भएका छन् ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नाडा अटो शोका संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा २४ ब्रान्डका चारपाङ्ग्रे, १९ ब्रान्डका दुई–पाङ्ग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक गाडीहरू प्रदर्शनीमा राखिने जानकारी दिएका हुन् ।

अटो शोमा अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन हुने र यसले अर्थतन्त्रलाई वृद्धि गर्ने मञ्चको रूपमा तयार हुने विश्वास आयोजकको छ । यस वर्षको नाडा अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने उनको दाबी छ ।

लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण लगायत ३३ कम्पनीहरू अटो शोमा सहभागी हुने नाडाले जनाएको छ । यस्तै ७ वित्तीय संस्थाका स्टलहरू समेत अटो शोमा रहने छन् । नाडाका अनुसार प्रदर्शनीमा १३० वटा स्टल रहने छन् ।

१६ भदौसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब ७५ हजारले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

शोमा सहभागी हुने एक जना भाग्यशाली अवलोकनकर्ताले हिरो जुम स्कुटर जित्ने अवसर रहेको आयोजकले जनाएको छ ।

५ दिनसम्म संचालन हुने शो काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भदौ ११ गतेदेखि १६ सम्म हुनेछ। ‘शो’ को मुख्य प्रायोजक रुपमा टाटा ईभी र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह-प्रायोजकको रूपमा छन्।

यो कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने नाडाले जनाएको छ। आयोजकका अनुसार यस वर्षको प्रदर्शनीमा २४ चार-पाङ्गे ब्रान्डहरू, १९ दुई पाङ्गे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्। साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, व्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन्, र ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?