कमला नगरपालिकामा कार्तिक पूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा

२०८१ कार्तिक २९, बिहीबार १२:१३

जनकपुरधाम,२८ कार्तिक । हिन्दू धर्मावलम्बीहरूले मनाउने  कार्तिक पूर्णिमाको अवसरमा यस वर्ष पनि कमला नगरपालिकामा भव्यताका साथ विशेष कार्यक्रम आयोजना हुँदैछ। यस क्रममा, नगरपालिकाको सीमा भित्र पर्ने प्रसिद्ध कमला नदीमा विशेष धार्मिक अनुष्ठान तथा श्रद्धालुहरूको ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ।

यस पर्वलाई ध्यानमा राख्दै, कमला नगरपालिकाले मिति २०८१/०७/२९ र २०८१/०७/३० (दुई दिन) का लागि नगरपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरू, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू तथा नगर कार्यपालिकाको कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस सम्बन्धमा नगर प्रमुख विशेश्वर यादवद्वारा जारी गरिएको आदेशअनुसार सम्बन्धित सबैमा सूचना गराइएको छ।

कमला नगरपालिकाको यो निर्णयले कार्तिक पूर्णिमा पर्वमा सहभागी हुने स्थानीय जनसमुदायलाई थप उत्साह र सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?