NPLको पहिलो खेलमा जनकपुरको विजयी सुरुवात

२०८१ मंसिर १५, शनिबार १५:४१

मंसिर १५ शनिवार काठमान्डौ

मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउदै पूरा गर्‍यो । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको  सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनरग किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

कप्तान अनिल शाह  व्यक्तिगत ५ रनमा आउट हुँदा   जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनललाई बोल्ड गरेका थिए ।  तर त्यसपछि मिलान्था र हर्श थाकरले मिलेर इनिङ्स समाले । यो जोडीले तेस्रो विकेटका लागि शतकिय साझेदारी गरे ।

विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एक-एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् ।पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । गप्टिल उनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नै एनपीएलको पहिलो छक्का पनि प्रहार गरेका थिए ।जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले पनि ४ ओभरमा  २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?