महतोरीको सम्सी गापा कार्यालयमा वृद्ध भत्ता लगायतका समस्या समाधानको माग गर्दै तालाबन्दी

२०८१ मंसिर २०, बिहीबार ०९:००

महोत्तरी,२० मंसिर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका-६ स्थित गाउँपालिका कार्यालयमा जनमत पार्टी गापा समितिका ७ वडाका अध्यक्ष चन्द्र किशोर कापर र जिल्ला नेता दिनेश यादवको नेतृत्वमा तालाबन्दी गरिएको छ।

वृद्ध भत्ता, अपांग भत्ता, एकल महिला भत्ता र सुरक्षा भत्ता साउन महिनादेखि हालसम्म वितरण नगरिएको भन्दै स्थानीयहरूले विरोध जनाएका छन्। पिडितहरूको आरोप छ कि पटकपटक ध्यानाकर्षण गराउँदा पनि गापा अध्यक्षले बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दीको उपाय अपनाउनु परेको हो।

तालाबन्दीको विषयमा गापा अध्यक्ष, कर्मचारी र स्थानियहरूसँग भोलि छलफल गरिने तयारी छ। तर पिडितहरूको भनाइ अनुसार, समस्या समाधान नभएसम्म तालाबन्दी जारी राख्ने अडान राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?