काठमाडौं। नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारीका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिको वास्ते दरखास्त आह्वान गरेको छ।
लोक सेवा आयोगबाट सहमति प्राप्त भएपछि टेलिकमले आज एक सूचना जारी गर्दै यससम्बन्धी जानकारी गराएको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी मंसिर ३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
टेलिकमले खुलाएको विज्ञापनअनुसार नवौँ तहको उपप्रबन्धक १ जना, वरिष्ठ इन्जिनियर १ जना, वरिष्ठ व्यापार अधिकृत १ जना र वरिष्ठ लेखा अधिकृत १ जनाका लागि आवेदन खुलाइएको छ।
यसैगरी, टेलिकम इन्जिनियर १० जना, सहायक प्रशासकीय अधिकृत ९ जना, टेलिकम टेक्निसियन ९ जना, चौथो तहका सहायक १७ जना र तेस्रो तहका जुनियर टेक्निसियन १२ जना गरी कुल ८० जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ।










