दाङ,२४ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका-२ स्थित कटेशखोला नजिक गयराति लु २ ख ४२०४ नम्बरको हाइस बस दुर्घटनामा परेको छ।
कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ गइरहेको उक्त हाइस बस अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा कुनैपनि मानविय क्षति नभएको पुष्टि भएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। राजमार्गमा हुने यस्ता घटनाले यातायात सुरक्षामा चुनौती थपिएको देखिन्छ। यात्रुहरूलाई सुरक्षाका उपायमा ध्यान दिन आग्रह गरिएको छ।






