ADVERTISEMENT

राजविराज नगरपालिकालाई सर्प उद्धार तथा व्यवस्थापन सामग्री हस्तान्तरण

२०८३ कार्तिक १३, बिहीबार २०:३९

डिभिजन वन कार्यालय सप्तरीले राजविराज नगरपालिकालाई सर्प उद्धार तथा व्यवस्थापनसम्बन्धी १ सेट उपकरण तथा सामग्री हस्तान्तरण गरेको छ। मानव तथा सर्पबीचको द्वन्द्व न्यूनीकरण गर्ने र सर्पको सुरक्षित उद्धार गरी प्राकृतिक बासस्थानमा व्यवस्थापन गर्ने उद्देश्यले उक्त सामग्रीहरू प्रदान गरिएको हो।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले दिएको जानकारी अनुसार, कार्यालयबाट सञ्चालित सर्प उद्धार तथा व्यवस्थापन तालिमबाट ज्ञान तथा सीप हासिल गरेका नगर प्रहरिद्वारा हुने उद्धार कार्यलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन यी सामग्रीहरू हस्तान्तरण गरिएको हो।

राजविराज नगरपालिका को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच डिभिजन वन कार्यालयतर्फबाट उक्त सामग्रीहरू राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत प्रविनलाई हस्तान्तरण गरिएको हो।

यस किसिमका सामग्रीहरूको प्रयोगले नगरक्षेत्रभित्र सर्पको त्रासका बेला सुरक्षित उद्धार गर्न र मानव-वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?