संहदरबारमा बिपक्षी दलहरुको बैठक सुरु

२०८१ माघ २, बुधबार १२:४९

काठमाडौं,०२ माघ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बिपक्षी दलहरुको बैठक सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको हो ।

बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्ने तयारी रहेको छ । यसपछि आजै दिउँसो २ बजे समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । सो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

आजै अपराह्न ४ बजे माओवादी पदाधिकारी बैठक पनि खुमलटारमा बस्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?