सिरहा,०२ माघ । सिरहा नगर प्रहरी इन्चार्ज मनोज साह सुनारको सरुवा ललितपुरमा भएपछि स्थानीय युवाहरूले विशेष समान र बिदाई गरेका छन्। सुनारको कार्यकालमा उनको इमानदारिता, जनप्रियता र अपराधविरुद्धको कठोर कदमलाई जनताले उच्च मूल्यांकन गरेका छन्।
सुनारले सिरहा नगर क्षेत्रमा रहेका गुण्डा नाइकेहरूको दवदवा अन्त्य गर्नुका साथै लागुऔषध दुव्र्यसनमा फसेका युवाहरूलाई सचेतनामूलक कार्यक्रममार्फत सुधार्ने प्रयास गरेका थिए। उनले जनताको समस्यालाई नजिकबाट अध्ययन गर्दै समाधानका लागि निरन्तर क्रियाशील भूमिका निभाएका थिए।
सुनारको स्थानमा नयाँ नगर प्रहरी इन्चार्जको रुपमा धर्मेन्द्र पौडेल सरको आगमन भएको छ। युवाहरूले पौडेललाई स्वागत गर्दै उनको कार्यकाल सफल र जनहितकारी होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।






