सिरहा,०३ माघ । पाँच वर्षदेखि लहान नगरपालिकामा पाँचौँ तह ओभरसियरका कर्मचारीका रूपमा कार्यरत सन्तोष कुमार यादव इन्जिनियर छैठौँ तहमा बढुवा भएका छन्। डाकनेश्वरी नगरपालिका-०९, लक्षणपट्टिका स्थायी बासिन्दा यादवको इमानदारिता, लगनशीलता, र कार्यसम्पादनले उनलाई यो सफलता दिलाएको हो।
यादवले आफ्नो जिम्मेवारीप्रति सधैं निष्ठावान रहँदै आएका छन्। उनले भने, “म आफ्नो काम जहिले पनि पूर्ण इमानदारीपूर्वक गर्ने गरेको छु। आज मैले गरेको मेहनत र संघर्षको प्रतिफल पाएको छु। मलाई साथ, सहयोग गर्नुहुने सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु।”
स्थानीय तहमा यादवको योगदान र मेहनतलाई उच्च मूल्याङ्कन गर्दै गरिएको यो बढुवाले उनको लागि झन जिम्मेवारी थपेको बताएका हुन ।






