यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

२०८१ माघ ५, शनिबार १०:४९

काठमाडौँ,०५ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।

शनिबार तरुल ९५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४२.६७ रुपैयाँ रहेको छ । प्याज ६४ रुपैयाँ, मटरकोशा ७५ रुपैयाँ, लोकल गाजर ६५ रुपैयाँ, सेतो मूला हाइब्रिड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली १७.६७ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, लौका ४५ रुपैयाँ, तितो करेला १०० रुपैयाँ  र ठुलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

यसैगरी स्याउ(झोले) प्रतिकेजी  २५० रुपैयाँ रहेको छ । स्याउ(फूजी) प्रतिकेज २८०, केरा प्रतिकेजी १६०, कागती प्रतिकेजी १३५, अनार प्रतिकेजी ३७६.६७, अंगुर(हरियो) प्रतिकेजी  २२३.३३ , अंगुर(कालो) प्रतिकेजी ३६६.६७ सुन्तला(नेपाली) प्रतिकेजी ११५ , सुन्तल ा(भारतीय) प्रतिकेजी ९५ , काक्रो(लोकल) प्रतिकेजी १३० काक्रो(हाइब्रीड) प्रतिकेजी १००, रुख कटहर प्रतिकेजी १२५  निबुवा प्रतिकेजी  ४५ रुपैयाँ रहेको छ ।

साथै  नासपाती(चाइनिज) प्रतिकेजी २४० रुपैयाँ, मेवा(नेपाली) प्रतिकेजी  ४५, मेवा(भारतीय) प्रतिकेजी ९५ र अम्बा प्रतिकेजी १०५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?