जनकपुरधाममा हिरोका दुई नयाँ मोटरसाइकल सार्वजनिक, एक्स्ट्रीम १२५ आर र १६० फोर भी भव्य लञ्च

२०८१ माघ ६, आईतवार १४:०२

जनकपुरधाम,०६ माघ । जनकपुरधाम बजारमा हिरो मोटरसाइकलका दुई नयाँ मोडल सार्वजनिक गरिएका छन्। जनकपुरका लागि हिरो मोटरसाइकलको आधिकारिक वितरक सीजी मोटर्सले स्वस्तिक अटो एण्ड ट्रेडिङ्गद्वारा आयोजित विशेष कार्यक्रममा हिरो एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोर भी सार्वजनिक गरेको हो।

सीजी मोटर्सका कुन्दन भण्डारीका अनुसार, एक्स्ट्रिम १६० फोर भीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर भल्भ, आयल-कुल्ड इन्जिन छ। यसमा केवाइबीको अपसाइड-डाउन सस्पेन्सन र कनेक्टेड फिचर जस्ता आधुनिक सुविधा उपलब्ध छन्।

त्यस्तै, एक्स्ट्रिम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर-कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन छ। यसमा ५ स्पीड गियरबक्स, सिंगल च्यानल एबीएस, र एलईडी हेडलाइटजस्ता विशेषताहरू समावेश गरिएको छ।

कार्यक्रममा स्वस्तिक अटोका प्रोप्राइटर किशन दिक्षितको अध्यक्षता रहेको थियो भने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी प्रमुख अतिथि थिए।

कार्यक्रममा सांगितिक र नृत्य प्रस्तुतीले माहोल थप रंगीन बनाएको थियो। जनकपुरधाममा यी नयाँ मोटरसाइकलले बजारलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?