एटीएम चोरीको क्रममा एकजना पक्राउ

२०८१ माघ ९, बुधबार १७:२१

काठमाडौँ,०९ माघ । एनआइसी एसिया बैंकको थापागाउँस्थित एटीएममा गएराति चोरीको प्रयास भएको छ । मंगलबार राति करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

वृत्तले भनेको छ, ‘थापागाउँस्थित रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो तर समयमा जानकारी पाएको हुनाले सफल हुन सकेन । उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?