लैङ्गिक हिंसा र मानव बेचबिखन विरुद्ध आफन्त नेपालको १८ औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ १८, शुक्रबार १८:३१

जनकपुरधाम,१७ माघ । लैङ्गिक हिंसा तथा मानव बेचबिखन विरुद्ध १८ वर्षदेखि सक्रिय आफन्त नेपाल धनुषा ले आफ्नो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। समाजमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यसहित २०६४ सालमा स्थापना भएको यस संस्थाले पीडित तथा जोखिममा रहेका महिलाहरूलाई उद्वार, परामर्श, पुनर्मिलन र पुनर्स्थापना गर्ने कार्य गर्दै आइरहेको छ।

वार्षिक उत्सवका अवसरमा धनुषा जिल्लाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले आफन्त नेपालले गर्दै आएको कार्यको उच्च प्रशंसा गर्दै भने, “तपाईंहरूको प्रयासले लैङ्गिक समानता र बालबालिकाको सुरक्षामा महत्वपूर्ण योगदान पु¥याइरहेको छ। नेपाल प्रहरी न्याय र सुरक्षाका लागि सधैं तपाईंहरूको साथमा रहनेछ।”

कार्यक्रमलाई सम्बोधन गर्दै आफन्त नेपाल धनुषाकी जिल्ला इन्चार्ज कविता कुमारी यादव ले संस्थाले विगत एक वर्षमा हासिल गरेका उपलब्धिहरू प्रस्तुत गर्दै, आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरिन्।

कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि, प्रहरी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सीमा निगरानी, सूचना सम्प्रेषण, उद्धार, सुरक्षित आवास सेवा र सीपमूलक तालिमहरू मार्फत समाजमा परिवर्तन ल्याउने आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?