काठमाडौं,२२ माघ – नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले २१ औं वार्षिकोत्सवको अवसरमा चियापान तथा भेटघाट समारोह गर्ने भएको छ ।
कम्पनीले सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आथित्यतामा माघ २२ गते मंगलबार कार्यक्रम गर्न लागेको हो ।
टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा हुने कार्यक्रममा अतिथि र कर्मचारी प्रतिनिधि तथा संचालक समितिका कर्मचारीको मन्तव्य राख्नेछन् । साथै कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा सम्मान वितरण हुने बताइएको छ ।






