माघ २२,धनुषा। मधेश प्रदेश सभाको सातौं वार्षिक उत्सव सम्पन्न भएको छ । मधेश प्रदेश सभा गठन भएको सात वर्ष पुग्न लागेको अवसरमा माघ २१ गते विभिन्न कार्यक्रम गरी सातौं वार्षिक उत्सव सम्पन्न गरिएको हो ।
रक्तदान कार्यक्रम तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण, केही दिनअघि देखि हुने गरेको खेलकुदको प्रमाणपत्र वितरण, मन्तव्य कार्यक्रम आयोजन गरेर स्थापना दिवस मनाउने क्रम जारी रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
२०७४ माघ २१ गते पहिलो प्रदेश सभा बैठक बसेको थियो । सो अवसरमा पत्येक वर्ष माघ २१ गते प्रदेशसभा सचिवालयले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेको छ ।






