बिहार,०१ फागुन । बिहारको अररिया जिल्लाबाट एउटा अचम्मको प्रेमकथा बाहिर आएको छ, जसले समाजलाई चकित बनाइरहेको छ। यहाँकी नेहाले आफ्नो प्रेमी सुमन्तलाई छाडेर सुमन्तकै बुवासँग बिहे गरेकी छिन्।
सुमन्त र नेहाको लामो समयदेखि प्रेम सम्बन्ध थियो। सुमन्तका बुवा राजा रामप्रसाद सरकारी जागिरे छन्, भने उनकी श्रीमतीको निधन पाँच वर्षअघि भइसकेको थियो। विवाहको विषयमा छलफल गर्न राजा राम र नेहा भेट्दा स्थिति अर्कै मोडमा पुग्यो। नेहाले बेरोजगार प्रेमीभन्दा रोजगारीमा रहेका उनका बुवालाई आफ्नो जीवनसाथी बनाउन उचित ठानिन्। अन्ततः उनले सरकारी जागिरधारी राजा रामलाई रोज्दै मन्दिरमा विवाह गरिन्।
यो घटनाले फेरि एकपटक देखाएको छ कि प्रेम मात्र पर्याप्त हुँदैन, स्थायित्व र सुरक्षित भविष्यको खोजीमा मानिसहरू व्यवहारिक निर्णय लिन्छन्। तपाईंलाई के लाग्छ – माया नै सबैथोक हो कि रोजगारी र स्थायित्व प्रेमभन्दा महत्वपूर्ण?






