काठमाडौं,०९ फागुन । संघीय संसद्का तीन वटा समितिका बैठक आज बस्दै छन् । संसद् सचिवालयका अनुसार तीनवटै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजेबाट सुरु हुनेछ । बैठकमा माउन्ट एभरेस्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क र उद्योग मन्त्रालयका प्रतिनिधिसँग छलफल हुनेछ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय र आयोजनाको पुँजीगत बजेटको कार्य प्रगति (अर्धवार्षिक) को बारेमा छलफल हुनेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ ।






