रा.रा.ब. क्याम्पसमा समाजवादी विद्यार्थी युनियन नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा पुन: गौतम यादव चयन

२०८१ फाल्गुन ११, आईतवार १८:४१

जनकपुरधाम, फाल्गुन ११ — जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपालले रा.रा.ब. क्याम्पस, जनकपुरधामको एकाई कमिटी पुनर्गठन गरेको छ।

गौतम यादवको अध्यक्षतामा सम्पन्न बैठकमा समाजवादी विद्यार्थी युनियन नेपाल आयोजक समितिका सदस्य विकास यादव, आमिन राईन, समाजवादी विद्यार्थी युनियन नेपाल धनुषा जिल्ला अध्यक्ष राम भगत यादव र जिल्ला सचिव संस्कार यादवको विशेष उपस्थिति रहेको थियो।

बैठकले पुनः गौतम यादवकै नेतृत्वमा ४५ सदस्यीय नयाँ कमिटी गठन गरेको छ। उपाध्यक्षमा तनबिर रेजा राईन, मिनु झा र बिबेक यादव चयन भएका छन्। सचिवको जिम्मेवारी रघुनन्दन यादवलाई दिइएको छ भने सहसचिवमा रुपेश यादव र कोषाध्यक्षमा संजना झा चयन भएका छन्।

नवनिर्वाचित कमिटीले रा.रा.ब. क्याम्पसको शैक्षिक स्तर सुधार र विद्यार्थीहरूको समस्या समाधानका लागि आफ्नो योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, समाजवादी विद्यार्थी युनियनले कलेजमा दिगोपन र वातावरणीय जागरूकतालाई प्राथमिकता दिने योजना बनाएको छ, जसले विद्यार्थीहरूलाई हरियाली भविष्यतर्फ अग्रसर गराउने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?