धरान,१३ फागुन । धरान उप-महानगरपालिका वडा नं. १६ मा डेरा गरी बस्ने २९ वर्षीया सुष्मा तामाङलाई लागूऔषध कारोबारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको टोलीले तामाङको कोठामा छापा मारी ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद गरेको हो।
प्रहरीका अनुसार तामाङको कोठाबाट ट्रामाडोल (TRAMOL) ३२१० क्याप्सुल, SPASPEST १६६० ट्याब्लेट र SPASPAIN ७३० ट्याब्लेट फेला परेको छ। यी औषधिहरू नेपालमा लागूऔषधको रूपमा प्रतिबन्धित छन्।
सुष्मा तामाङ धरान उप-महानगरपालिका वडा नं. ८ का ३२ वर्षीय करण बि.क.की श्रीमती हुन्, जो एजेन्टको रूपमा परिचित छन्।
पक्राउ परेकी तामाङलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान ल्याइएको छ। प्रहरीले तामाङको संलग्नताबारे गम्भीर अनुसन्धान अगाडि बढाइरहेको छ।






