काठमाडौंमा फागुन १४ देखि बीवाईडी हाई–टेक विक, चारवटा ब्रान्ड र नयाँ प्रविधि प्रदर्शनमा राखिने

२०८१ फाल्गुन १४, बुधबार १७:०७

काठमाडौं,१४ फागुन । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले फागुन १४ देखि १८ गतेसम्म काठमाडौंमा बीवाईडी हाई-टेक विक गर्ने भएको छ । सो कार्यक्रममा चारवटा ब्रान्ड र नयाँ प्रविधि प्रदर्शन गरिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बीवाईडीले प्रविधि पनि डिस्प्ले गर्ने जनाएको छ । कार्यक्रममा ई–प्लेटफर्म ३.० पनि शोकेस गरिनेछ। यो बीवाईडीको सबैभन्दा लेटेस्ट प्लेटफर्म हो। कम्पनीले कार्यक्रममा बीवाईडीसहित डेन्जा, याङवाङ र फाङचेन्ङबाओ गरी ४ वटा ब्रान्ड शोकेस गर्नेछ।

सो अवसरमा याङवाङ यु८ प्लग इन हाइब्रिड समेत प्रदर्शन हुनेछ । गत वर्ष एक जना चिनियाँ अर्बपतिले नेपाल ल्याएको अवसरमा यसको तस्बिर र भिडियो हेरेर सबै चकित परेका थिए ।

डेन्जा डी९ र शार्क पिकअप समेत सो अवसरमा देख्न पाइने छ । यी सबै नेपाली बजारमा बिक्रीका लागि अझै उपलब्ध नभएका गाडी हुन् ।

लक्जरी एमपीभीको नयाँ परिभाषाको रुपमा डेन्जा डी९, पिकअप ट्रकको नयाँ युग झल्काउने शार्क ६, सुपरकार स्तरको प्रदर्शन जेड९ जीटी, साहसी रग्ड एसयूभी बाओ ५ र फोर मोटर अफरोड बिस्टको रुपमा याङवाङ यु८ हुनेछ ।

काठमाडौंको एभरेष्ट होटलमा आयोजना हुने सो विकमा बीवाईडीका नवीनतम प्रविधि र डिजाइन अवलोकन गर्न सकिने छ भने नेपालमै पहिलो पटक प्रस्तुत हुँदै गरेका ईभी मोडलहरु ऋनावरण गरिने छ ।

प्रदर्शनीमा सहभागी भएर विशेष अफरहरू प्राप्त गर्ने अवसर पाइनुका साथै ईभी विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने मौका समेत उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?