झण्डै ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

२०८१ फाल्गुन १५, बिहीबार १२:१४

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झण्डै ४ किलो सुनसहित ४ जना  पक्राउ परेका छन् ।

फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट काठमाडौं आएका उनीहरुलाई ३ किलो ७४५ ग्राम सुनसहित गएराति पक्राउ गरिएकाे त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएकाे छ।

पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेकाे छन् । उनीहरु उज्वेकिस्तानका नागरिकहरु रहेकाे प्रहरीले जनाएकाे छ।

उनीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएकाे छ। पक्राउ परेकाहरुमाथि अनसुन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?