मधेश शहिद प्रतिष्ठाका सदस्य मृत फेला

२०८१ फाल्गुन २०, मंगलवार १६:०५

जनकपुरधाम, २० फागुन : मधेश शहिद प्रतिष्ठानका सदस्य  रामनरेश राय (यादव) आज जनकपुरधाममा मृत भेटिएका छन् ।

सर्लाहीको मलङ्गवा नगरपालिकाको गम्भरिया घर भएका ३७ वर्षीय यादव जनकपुरधामस्थित मधेश प्रदेश भवनभित्र मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

ओछ्यान  नजिक यादवले वान्ता गरेको पाइएको र उहाँको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । उहाँको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?