रौतहटमा रिंकु सदा प्रति श्रद्धाञ्जलीस्वरूप दीप प्रज्वलन कार्यक्रम सम्पन्न

२०८१ फाल्गुन २०, मंगलवार २२:२८

रौतहट,२० फागुन । रौतहटमा आज गौरवशाली संस्था शंकर फाउन्डेसन को आयोजनामा र सामाजिक अभियन्ता शैलेन्द्र यादव को अध्यक्षतामा गरुडामा रिंकु सदा प्रति समर्पित शोकसभा तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।

उक्त कार्यक्रममा न्यायप्रेमी, सामाजिक अभियन्ता, राजनीतिकर्मी, विद्यार्थी तथा युवा वर्गको उल्लेखनीय उपस्थिति रह्यो। सहभागीहरूले रिंकु सदा प्रती आफ्नो गहिरो सम्मान प्रकट गर्दै, दीप प्रज्वलन गरी न्यायको पक्षमा ऐक्यबद्धता जनाएको छ ।

कार्यक्रम संयोजक शैलेन्द्र यादवले रिंकु सदाको लागि न्यायको माग गर्दै समाजमा अन्याय, शोषण र हिंसाविरुद्ध सशक्त संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “यो दीप प्रज्वलन न्यायको ज्योति हो, जसले समाजमा सचेतना फैलाउने र पीडितलाई न्याय दिलाउने मार्ग देखाउनेछ।”

कार्यक्रममा सहभागी युवा र विद्यार्थीहरूले न्यायका लागि एकजुट भई समाज परिवर्तनको लागि सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?