जनकपुरधाम/फागुन २२ गते। जनकपुरधाममा बिवाईडी(BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मदर टेरेशा पब्लिक स्कुल र हिमाली स्कुल विजय भएका छन ।
आजको पहिलो खेल मदर टेरेशा पब्लिक स्कुल र किड्डी कन्भेन्ट स्कुल बीच भएको थियो जसमा मदर टेरेशा पब्लिक स्कुलले टस जितेर पहिला ब्याटिंग रोजेको थियो। मदर टेरेशा पब्लिक स्कुलले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १३८ रन बनाएको थियो। किड्डी कन्भेन्ट स्कुललाई जितको लागि १३९ रनको लक्ष्य दिएको थियो ।मदर टेरेशा पब्लिक स्कुलको टिमका लागि युवराजले सर्वाधिक ३३ रन र आदर्शले २९ रनको योगदान दिएको थियो । किड्डी कन्भेन्ट स्कुलका लागि बलिङ्ग गर्दै फहदले २ विकेट र अमालेशले १ विकेट लिन सफल भएका थिए ।
खेलमा जवाफी ब्याटिङका लागि आएका किड्डी कन्भेन्ट स्कुलका खेलाडीहरु सबै विकेट गुमाउदै ७९ रन मात्र बनाउन सफल भयो। र उक्त खेल मदर टेरेशा पब्लिक स्कुलले ६० रनले जित्न सफल भयो। किड्डी कन्भेन्ट स्कुलका लागि जमलले सर्वाधिक ३२ रन र अमलेशले १० रनको योगदान दिएको थियो । मदर टेरेशा पब्लिक स्कुलको लागि बलिङ गरेको रिशनले ५ विकेट र किशनले २ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दि म्याच मदर टेरेशा पब्लिक स्कुलको रिशन झा लाई प्रदान गरिएको थियो ।
त्यस्तै आजको दोस्रो खेल न्यु भिजन स्कुल र हिमाली स्कुल बीच भएको थियो। जसमा हिमाली स्कुलले टस जितेर पहिला ब्याटिङको लागि न्यु भिजन स्कुललाई आमन्त्रण गरेको थियो । पहिले ब्याटिङ गर्दै न्यु भिजन स्कुलका खेलाडीहरु सवै विकेटको गुमाउदै ३३ रनको योगफल तयार पारेको थियो । हिलामी स्कूललाई जितको लागि ३४ रनको लक्ष्य दिएको थियो । यस टिमका लागि रुपेश सहनीले सर्वाधिक ११ रनको योगदान दिएका थिए। हिमाली स्कुलको लागि बलिङ्ग गरेको निशान्त यादवले ३ विकेट,आयुष यादवले २ विकेट र हशन साहले २ विकेट लिन सफल भएका थिए । जवाफ ब्याटिङका लागि आएका हिमाली स्कुलले ५ विकेट गुमाउँदै ३४ रनको लक्ष्य पुरा गर्न सफल भएको थियो। यो खेलमा हिमाली स्कुलले ५ विकेटले जित हात पर्न सफल भयो । हिमाली स्कुलका लागि सनराज सहले नट आउट ९ रनको योगदान दिएको थियो । न्यु भिजन स्कुलका लागि राजवीरले ३ विकेट र विवेकले २ विकेट लिन सफल भएका थिए । खेलका म्यान अफ दि म्याच हिमाली स्कुलका निशान्त यादवलाई प्रदान गरिएको थियो ।
प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। भोली मोनास्टिक स्कुल र संकटमोचन बीच हुने आयोजकले जानकारी दिएको छ ।






