महोत्तरीका रन्जित कुमार साहले बिना दाइजो आदर्श विवाह गरी समाजमा राखे अनुकरणीय उदाहरण

२०८१ फाल्गुन २४, शनिबार १७:१२

महोत्तरी,२४ फागुन । महोत्तरी जिल्ला मटिहानी नगरपालिका-८ निवासी रन्जित कुमार साहले समाजमा उदाहरणीय कार्य गर्दै बिना दाइजो आदर्श विवाह गरेर समाजमा नयाँ सन्देश दिएका छन्। उनले विराटनगर महानगरपालिका-१४ की गीता साहसँग सादगीपूर्ण तर भव्य र आदर्श विवाह सम्पन्न गरेका छन्।

मधेसमा दाइजो प्रथाले गहिरो जरा गाडेको समयमा रन्जित र गीताले बिना दाइजो वैवाहिक बन्धनमा बाँधिएर समाजमा एक सकारात्मक सन्देश फैलाएका छन्। जब दाइजो बिना विवाह हुने कुरा कल्पना गर्न पनि कठिन छ, त्यस्तो समयमा यो जोडीले प्रेम, विश्वास र समानताको आधारमा वैवाहिक जीवन सुरु गर्दै समाजका लागि अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन्।

रन्जित साहको यो कदमले मधेसकै मात्र नभई समग्र समाजका युवाहरूलाई सन्देश दिएको छ कि विवाह जस्तो पवित्र सम्बन्धलाई आर्थिक लेनदेनको चपेटाबाट मुक्त गर्नु जरुरी छ। समाजमा व्याप्त दाइजो जस्तो कुरीतिलाई अन्त्य गर्न यस्ता आदर्श विवाहहरू निकै प्रेरणादायी बन्नेछन्।

स्थानीयबासीहरू, समाजसेवीहरू र शुभचिन्तकहरूले रन्जित र गीताको यो निर्णयको खुलेर प्रशंसा गरेका छन्। समाजमा व्याप्त दाइजो प्रथाजस्तो ठूला समस्यासँग लड्न र समतामूलक समाज निर्माण गर्नका लागि यस्ता कदमहरू अत्यन्त आवश्यक छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?