महोत्तरी, २७ फागुनः जनमत पार्टीका अध्यक्ष डा सिके (चन्द्रकान्त) राउतले अबको बाटो सामाजिक लोकतन्त्र हुने बताउनु भएको छ । बर्दिबासमा पार्टीको केन्द्रीय समितिको दुईदिने बैठक सम्पन्नपछि आज बिहान रासससँग कुरा गर्दै डा राउतले समाजवादका लागि आधार तयार नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिलाई अझ समुन्नत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।






