जनकपुरधाममा बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

२०८१ चैत्र १०, आईतवार ११:३१

जनकपुरधाम,१० चैत । जनकपुरमा साईकल यात्रीलाई यात्रुवाहक बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

जनकपुरबाट लक्ष्मीनियाँ जाने ६ लेनको सडकखण्ड अन्तर्गत शनिबार साँझ जनकपुरबाट काठमान्डौँको लागि खुलेको बागमति प्रदेश ०३–००१ ख ३४४१ नम्बरकोबसले बाटो काटदै गरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करले लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सिनुरजोडा बस्ने स्थानीय रबिन्द्र मण्डलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए ।

बस चालक र बस प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?